मिनी ट्रकको ठक्करबाट डा. निखिलले २७ वर्षकै कलिलो उमेरमा ज्यान गुमाए

विराटनगर—युवा चिकित्सक डा. निखिल पन्जियारले कलिलो उमेरमा अकालमै ज्यान गुमाएका छन् । बिहीबार राति साढे ११ बजे विराटनगर—४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काअनुसार विराटनगर महानगरपालिका—४ स्थित आयल निगम छेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको डा. निखिल चढेको प्र—२—०२— ००३—प —२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।
मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनलाई बचाउन प्रयास गरेपनि असफल भएका थिए । अस्पतालले ११ः४५ मा उनलाई मृत घोषित गरेको थियो ।

डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको नोबेल अस्पताल विराटनगरमा उपचार जारी रहेको छ ।
जनकपुर— ३ स्थानीय घर भएका डा. निखिलले विराट मेढिकल कलेज मोरङबाट एमबीबीस पास गरेका थिए । उनी सोही मेडिकल कलेजमा इन्टर्न गरिरहेका थिए । उनले जनकपुरस्थित मदर टेरेसा पब्लिक स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।
को १ ख ३२४४ मिनी ट्रक डा. निखिल चढेको मोटरसाइकललाई ठक्कर दिएपछि फरार रहेको थियो । प्रहरीले शुक्रबार विहान बुढीगंगा—२ बखन भन्ने ठाउँबाट उक्त मिनी ट्रक नियन्त्रणमा लिएको छ । चालक भने अझै फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ६ वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन्
- ७ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
तपाईको प्रतिक्रिया दिनुहोस