काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि ४ मंसिरसम्म १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई कोभिड—१९ विरुद्धको फाइजर खोप दिइदै छ । मन्त्रालयकाअनुसार देशभर २४ केन्द्रबाट फाइजर खोप दिइदै छ।
मन्त्रालयले ७ वटा प्रदेशमा २४ वटा खोप केन्द्रबाट खोप दिदैंछ । जसमा संघीय राजधानी काठमाडौं उपत्यकामा ८ वटा खोप केन्द्र निर्धारण गरिएका छन् । जसमा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र रहेका छन् ।
यस्तै, बागमती प्रदेशको चितवनको भरतपुर अस्पताल र काभ्रेस्थित धुलिखेल अस्पतालमा पनि फाइजर खोप दिने केन्द्र निर्धारण गरिएको छ ।
यस्तै, प्रदेश नं. १ मा मेची प्रादेशिक अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालबाट फाइजर खोप दिइदैछ । प्रदेश नं. २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट फाइजर खोप दिइदैंछ ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पतालबाट फाइजर खोप लगाइदैछ । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालबाट खोप दिइदै छ । कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालबाट फाइजर खोप लगाइदैछ ।
फाइजरको खोपको दोस्रो मात्रा भने मंसिर २७ देखि पुस २ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको पुर्जा अनिवार्य लिनुपर्नेछ ।
२१ देखि २८ दिनभित्र दुवै डोज लगाइसक्नुपर्ने फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अध्ययनमा देखिएको छ । अमेरिकी सरकारले अनुदान स्वरुप १ लाख ६ सय २० डोज खोप ८ कात्तिकमा नेपाल आइपुगेको हो ।
क—कसले लगाउन पाउनेछन् खोप