२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमालाखेति अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

मालाखेति अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


धनगढी – कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेका मालाखेती अस्पताललाई स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी काग्रेस नेतृ डा. आरजु राणा देउवाले अस्पताललाई आवश्यक ७ लाख बराबरका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेकी हुन् ।

मंगलबार उक्त स्वास्थ्यका सामाग्रीहरु मेसु डा. पदम प्रकाश शर्मालाई हस्तान्तरण गरीएको सुरक्षित मातृत्व संजाल माहासंघ नेपालका तर्फवाट उनले स्वास्थ्य सामग्रीहरु सहयोग गरेको कांग्रेस नेता बिरेन्द्र भट्टले बताए ।

पूर्व सांसद समेत रहेकी डा. देउवा सुरक्षित मातृत्व संजाल माहासंघ नेपालकी अध्यक्ष हुन् । उनले दिएको स्वास्थ्य सामाग्री अन्तरर्गत मातृत्व सुरक्षाका सामग्री सहित कोरोना रोकथामका लागि आवश्यक सामाग्रीहरु रहेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ