काठमाडाै- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि प्रक्रिया सुरु भएको छ ।मन्त्रालयमा रिक्त ३ पदका लागि बढुवा समितिले १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
दुई महिनादेखि खाली रहेका २ पद र वीर अस्पतालको नयाँ थप दरबन्दीअनुसार १ जना गरी तीन जनाको ११ औं तहमा ५ वर्ष काम गरेका अधिकारीहरु १२ औं तहमा बढुवा हुनेछन् ।
छनौट समितिमा लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेको सदस्य अध्यक्ष, योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य र स्वास्थ्य सचिव सदस्य सचिव रहने व्यवस्था रहेको छ । सो समितिको ८ भदौंमा बसेको बैठकले बढुवाका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरेको हो ।
१२ औं तह बढुवाका लागि परेका आवेदन मध्येबाट ३ जनाको लागि ५ वर्षको कार्यसम्पादन मुल्यांकनका आधारमा १ कम्तिमा १ दशमलव ५ गुणा बढी उमेदवारको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने स्वास्थ्य सेवा ऐनमा उल्लेख छ ।
१ दशमलव ५ गुणा बढी उमेदवार सिफारिस गर्दा कम्तिमा ५ जनाको नाम बढुवा समितिले मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । प्रशासनतर्फ भने १ को तीन सिफारिस गर्ने प्रचलन रहेको छ । मन्त्रिपरिषदले बढुवा समितिबाट आएकामध्ये जुनसुकै उमेदवारको पनि १२ औं तहको विशेषज्ञमा तोक्न सक्ने प्रावधान रहेको छ ।
यी हुन् स्वास्थ्य सेवामा ५ वर्ष ११ औं तह पुरा गरेका उमेदवारहरु