२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनी

युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनी


काठमाडौं—युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनी नियुक्त भएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरका चिकित्सक डा. मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो ।

यसअघि कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम थिए । डा. गौतमलाई परोपकार प्रसुति गृह थापाथलीमा सरुवा गरिएको छ ।

सरकारले केही समयअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरेको थियो  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन हुने उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११ औं तहको वरिष्ठ अधिकारी वा वरिष्ठ चिकित्सकले गर्ने व्यवस्था छ ।

सबै कोभिड–१९ अस्पतालहरुको नियमनदेखि बिरामीको उपचार व्यवस्थापनसम्म जिम्मेवारी केन्द्रीय अस्पतालको छ । यस्तै, अस्पतालले प्रयोगशालादेखि खरिदसम्मका महत्वपूर्ण काम गर्ने अधिकार पनि केन्द्रीय अस्पतालले पाएको छ । जसका कारण युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको नियुक्तिलाई महत्वका साथ हेरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. रुद्र मरासिनी, #युनिफाइड केन्द्रीय अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ