२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ३३६५ जनामा कोभिड पुष्टि, १६को मृत्यु

देशभर थप ३३६५ जनामा कोभिड पुष्टि, १६को मृत्यु


काठमाडौँ – थप २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोभिड-१९ सक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १४ हजार २४२ नुमना परीक्षणका क्रममा ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ। सोही अवधिमा १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना संक्रमित निको भएका छन्। यससँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।

मन्त्रालयको अनुसार ३० हजार ३९० सक्रिय संक्रमित छन्।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ