२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ३४२१ जनामा कोभिड-१९ पुष्टि, २५को मृत्यु

एकैदिन ३४२१ जनामा कोभिड-१९ पुष्टि, २५को मृत्यु


काठमाडौं—नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जना कोभिड-१९ पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट ६ लाख ४५ हजार ३ सय १ जनाले संक्रमण जितेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २५ जनाको कोभिड—१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोभिड—१९ बाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ