आगामी ५ महिनामा झण्डै २ लाख संक्रमित थपिने, ३८ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने
प्रमुख जिल्ला अधिकारीको मातहतमा १०७७ जना जनस्वास्थ्य निरिक्षक परिचालन गरिने

काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनामा झण्डै २ लाख नयाँ कोभिड-१९ संक्रमित थपिने प्रक्षेपण गरेको छ । मन्त्रालयले अहिलेको कोभिड—१९ को स्थित अवस्थाको आधारमा आगामी ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको हो ।
सोमबार संसदको स्वास्थ्य शिक्षा समितिमा मन्त्रालयका तर्फबाट नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले सो जानकारी दिएका हुन् । थपिने संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ लाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको उनले बताए ।
यस्तै, सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने आँकलन मन्त्रालयको छ ।
मन्त्रालयले जनस्वासथ्यका मापदण्ड कडाइका साथ पालना गराउन, प्रतिकार्यको तयारी र कार्यन्वयनका लागि देशभरिका स्थानीय तहहरुमा १ हजार ७७ जना प्रमुख जिल्ला अधिकारीको मातहतमा जनस्वास्थ्य निरिक्षक परिचालन गर्ने तयारी गरेको जानकारी डा. लोहनीले दिए ।
होम आइसोलेसनमा रहेका संक्रमितहरुको घरभेट, फ्लोअप र परामर्शलाई प्रभावकारी बनाउने योजना पनि मन्त्रालयले अगाडि बढाइरहेको छ । यस्तै, एचडियु, आईसीयु, अक्सिजन प्लान्ट निर्माणलाई निरन्तरता दिनुका साथै बालबालिकाहरुको उपचारका लागि एनआईसीयु सुदृढ गर्ने काम पनि अगाडि बढाइएको डा. लोहनीले बताए ।
ट्याग : #जनस्वास्थ्य निरिक्षक, #डा. गुणराज लोहनी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
धेरै पढिएका
- १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी
- ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ?
- ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने
तपाईको प्रतिक्रिया दिनुहोस