२०८१ पुस १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमले माग्यो निजी मेडिकल कलेजबाट उपप्राध्यापकमा आवेदन दिने ७९ जनाको थप कागजात

आईओएमले माग्यो निजी मेडिकल कलेजबाट उपप्राध्यापकमा आवेदन दिने ७९ जनाको थप कागजात


काठमाडौं—चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले निजी मेडिकल कलेजमा पढाउने ७९ जना शिक्षिक/शिक्षिकाको थप विवरण माग गरेको छ । आईओएमले ५ साउनमा एक सूचना प्रकाशित गर्दै पद प्रमाणिकरणका लागि आवश्यक थप विवरण सात दिनभित्र पेश गर्न भनेको छ ।

आईओएमअन्तर्गतका निजी मेडिकल कलेजमा कार्यरत शिक्षक/शिक्षिकाको पद प्रमाणीकरणका लागि ६ चैत्र २०७७ देखि २० चैत २०७७ सम्म अनलाइन आवेदन माग गरिएको थियो ।

सो क्रममा उपप्राध्यापक पदमा आवेदन दिएकामध्ये ७९ जनाको विवरण स्पष्ट नभएकाले आईओएमले सात दिन भित्र विवरण पेश गर्न भनेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #उपप्राध्यापक, #चिकित्साशास्त्र अध्ययन संस्थान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ