गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै हेल्थ आवाज शुक्रबार, २०७८ असार २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – संयुक्त राज्य अमेरिकाले जोनसन एण्ड जोनसनको कोभिड-१९ विरुद्धको १५ लाख डोज खोप नेपाललाई पठाउने भएको छ। चर्चित अन्तर्राष्ट्रिय समाचार एज्नेसी रोयटर्सको अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीले कोभ्याक्सअन्तर्गत नेपाललाई १५ लाख डोज र भुटानलाई मोडर्ना कम्पनीको ५ लाख डोज खोप दिने घोषणा गरेको हो। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए। जोनसन एण्ड जोनसन खोप विश्वभर फैलिएको डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी देखिएको जोन्सन एण्ड जोन्सन कम्पनीले दावी समेत गरिसकेको छ। कोभिड-१९ विरुद्ध बनेका अन्य खोपको दुई डोज लगाउनु पर्थ्यो भने यो खोप एक मात्रा लगाए मात्रै पुग्छ। उक्त खोप सोमबार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी खोप कहिले र कुन समूहलाई दिने भन्ने बारे योजना भैरहेको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिका सहित विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गरी कोभिड-१९ विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी थिइन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द