२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशकी स्वास्थ्यमन्त्रीमा मधुमाया अधिकारी गुरुङ

गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्रीमा मधुमाया अधिकारी गुरुङ


पोखरा – गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी मन्त्री मधुमाया अधिकारी गुरुङले पदभार ग्रहण गरेकी छिन् । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रमबीच नवनियुक्त स्वास्थ्यमन्त्री गुरुङले पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई कोभिड-१९को जटिल परिस्थितिमा उच्च मनोबलका साथ देश र जनताको सेवा गर्न निर्देशन दिएकी छिन् ।

कार्यक्रममा हालै मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका सचिव डा. विनोदविन्द शर्माले प्रदेशको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । शर्मा सचिवको जिम्मेवारी अघि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशक थिए ।

माओवादीबाट प्रतिनिधित्व गर्ने मधुमायालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीको टुंगो शनिबारमात्रै लागेके थियो । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनलाई बिना विभागीय मन्त्री बनाएको थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ