२०८१ फागुन २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभक्तपुर क्यान्सर अस्पतालमा पल्लीयटीभ केयर सेवा सुरु गर्ने डा. चाँदनी वैद्यको निधन

भक्तपुर क्यान्सर अस्पतालमा पल्लीयटीभ केयर सेवा सुरु गर्ने डा. चाँदनी वैद्यको निधन


काठमाडौं—भक्तपुर क्यान्सर अस्पतालमा पल्लीयटीभ* केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा. चाँदनी वैद्यको निधन भएको छ । बुधबार विहान उनको ५३ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

उनका आफन्त समेत रहेका प्रसुति गृह थापाथलीका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठकाअनुसार उनी १५ वर्षदेखि ब्रेस्ट क्यान्सरबाट पीडित थिइन् । पछिल्लो समय उनको क्यान्सर सर्दै गएर कलेजोमा असर गरेको थियो ।

‘उहाँ पछिल्लो समय घरमै उपचाररत हुनुहुन्थ्यो,’ डा. श्रेष्ठले भने, ‘आज विहान इमर्जेन्सीमा शिक्षण अस्पताल लगिएको थियो । सोही क्रममा निधन भएको हो ।’

डा. वैद्य १३ वर्षदेखि भक्तपुरमा क्यान्सर अस्पतालमा कार्यरत थिइन् । त्यसअघि उनले वीर अस्पतालको नेफ्रोलोजी विभागका रहेर सेवा गरेकी थिइन् ।

त्यसपछि केही समय उनी भक्तपुरको सिद्धि स्मृति अस्पतालमा समेत काम गरिन् । पछिल्लो समय उनी भक्तपुर क्यान्सर अस्पतालको पल्लीयटीभ केयरको इन्चार्ज थिइन् ।

डा. वैद्यले क्यानडाबाट पल्लीयटीभ केयर (दुखाइ कम गर्ने) सम्बन्धि तालिम लिएकी थिइन् ।

*पल्लीयटीभ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइको छ । -सम्पादक


क्याटेगोरी : समाचार
ट्याग : #डा. अमिरबाबु श्रेष्ठ, #डा. चाँदनी वैद्य, #पल्लीयटीभ केयर, #भक्तपुर क्यान्सर अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ