एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता

काठमाडौँ -नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) र एसोसियसन अफ स्पाइन सर्जन्स अफ नेपाल (एएसएसएन) स्पाइन ट्रमाबीच रजिष्ट्री गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त दुई संस्थाबीच सोमबार अस्पतालहरुमा उपलब्ध उपचार सुविधा, प्रभावकारिता लगायतका विषयमा अनुसन्धान गर्ने उद्देश्यले रजिष्ट्री गर्ने सम्झौता भएको हो।
उक्त सम्झौतापत्रमा सोमबार एनएचआरसीका कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवाली र एएसएसएनका महासचिब डा. ब्यापक पौडेलले हस्ताक्षर गरेका हुन् ।
एनएचआरसीको सभाहलमा आयोजित सो कार्यक्रममा बोल्दै एनएचआरसीका सदस्यसचिव डा ज्ञवालीले रजिष्ट्री सम्वन्धी कार्यक्रम गर्दा दीर्घकालसम्मका लागि अनुसन्धान गर्न सहयोग पुग्ने बताए । उनले भने, ‘कुनै पनि रोगबारे अनुसन्धान गर्नु अघि तथ्याङ्क आवश्यक पर्ने गर्छ। यसले दीर्घकालसम्मका लागि अनुसन्धान गर्न सहयोग पुग्नेछ।’
प्रारम्भिक चरणमा उपत्यकाका त्रिवि शिक्षण, राष्ट्रिय ट्रमा, वीएण्डवी, ग्राण्डी र काठमाडौँ मेडिकल कलेजको तथ्याक लिएर पाइलटिङ गर्ने योजना रहेको तर निश्चित भने नभैसके परिषदका उपाध्यक्ष डा. गौरवराज ढकालले जानकारी दिए ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ४ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ७ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
तपाईको प्रतिक्रिया दिनुहोस