काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९२६ जना कर्मचारीको समायोजन मिलान सकिएको छ । समायोजन मिलान गरिएका सबैभन्दा बढीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान भएको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीकाअनुसार १८३० जना कर्मचारीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान भएको छ । जसमध्ये अधिकृतस्तरका २९३ जना र सहायकस्तरका १५३७ जना रहेका छन् ।
यस्तै, प्रदेशबाट स्थानीय तहमा २१ जना अधिकृतस्तर र ११ जना सहायकस्तर गरी ३२ जना कर्मचारीको समायोजन मिलान गरिएको छ । ७ जना अधिकृतस्तर र ८ जना सहायकस्तर गरी १५ जनाको एक प्रदेशबाट अर्को प्रदेशमा समायोजन मिलान भएको छ ।
अधिकृतस्तरका १५ जना र सहायकस्तरका ७ जना गरी २२ जनाको संघबाट स्थानीय तहमा समायोजन मिलान गरिएको छ भने १७ जना अधिकृतस्तर र १० जना सहायकस्तरका कर्मचारी गरी २७ जनाको संघबाट प्रदेशमा समायोजन मिलान भएको छ ।
प्रदेशबाट संघमा र स्थानीय तहबाट संघमा मिलान हुने कर्मचारीको संख्या भने शुन्य रहेको छ ।