भेरी अस्पतालमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु
नेपालगन्ज—नेपालगन्जस्थित भेरी अस्पतालमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन जना संक्रमितको तीन घण्टाको फरकमा मृत्यु भएको हो ।
‘२४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘उहाँहरु तीनै जना कोरोना संक्रमण भएपछि उपचाररत हुनुहुन्थ्यो ।’
जिल्ला संकट व्यवस्थापन समिति बाँकेकाअनुसार बेलुका ७ बजे राजापुर—१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ—८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो ।
राति साढे ९ बजेपछि दैलेख नारायण—१ का ६८ वर्षीया महिलाको पनि मृत्यु भएको थियो ।
धेरै पढिएका
- १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर
- २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट
- ३ योग के हो ? यसका प्रकार र फाइदा
- ४ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा
- ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त
- ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने
- ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन
तपाईको प्रतिक्रिया दिनुहोस