२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा पनि डेंगुको संक्रमण देखियो

कर्णालीमा पनि डेंगुको संक्रमण देखियो


विवशकुमार सेजुवाल

सुर्खेत—कर्णाली प्रदेश अस्पतालमा आएका बिरामीमा पनि डेंगुको संक्रमण देखिएको छ । शुक्रबार प्रदेश अस्पतालले दुई जनामा डेंगुको संक्रमण देखिएको जनाएको छ ।

अस्पतालका प्रमुख डाक्टर डम्बर खड्काले अस्पतालमा भर्ना भएका ३ जनामा डेंगुको संक्रमणको शंका गरेर अस्पतालमा भर्ना गरेको भएपनि दुई जनामा त्यो समस्या देखिएको जानकारी दिए । उनले सामान्य उपचारपछि बिरामीलाई घर फर्काइएको बताए ।

लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगको प्रकोप डर लाग्दो भएपनि यसको समाधानको बाटो खोजिनुपर्ने प्रदेश अस्पतालका प्रमुख डा. खड्काले बताए । पछिल्लो समय देशभरका ४५ जिल्लामा ५ हजार बढी ब्यक्तिमा डेंगुको संक्रमण देखिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ