२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन प्रतिष्ठानका उपकुलतिका आवेदकको प्रारम्भिक सूची, कर्णालीमा १३ जना, पोखरा र पाटनमा ९-९ जना

तीन प्रतिष्ठानका उपकुलतिका आवेदकको प्रारम्भिक सूची, कर्णालीमा १३ जना, पोखरा र पाटनमा ९-९ जना


काठमाडौं—उपकुलपति रिक्त रहेका स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन दिनेहरुबाट प्रारम्भिक सूची प्रकाशित भएको छ । आइतबार उपकुलपति सिफारिस समितिले तीन वटा प्रतिष्ठानका उपकुलपतिका लागि आवेदन दिएका उम्मेदवारहरुको प्रारम्भिक सूची तयार पारेको हो ।

जसअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको प्रारम्भिक सूचीमा १३ जनाको नाम छ । कर्णालीको प्रारम्भिक सूचीमा कार्यवहाक उपकुलपति डा. मंगल रावल, निवर्तमान उपकुलपति डा. राजेन्द्रराज वाग्लेको नाम छ । यस्तै, डा. प्रवीणकुमार गिरी, डा. राजीव शाह, डा. पुजन कुमार रोकाया, डा.निरेश थापा, डा. तरुण पौडेल, डा. हरिहर देवकोटा, डा. गेहनाथ बराल, डा. सुनिल बुढाथोकी, डा. सुर्यमान मेन्याङबो, डा. रेशमबहादुर राना, डा.केशवप्रसाद (केपी)सिंह परेका छन् ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसीको प्रारम्भिक सूचीमा परेका नामहरुमा अहिलेका कार्यबाहक भिसी डा. राजेशनाथ गंगोलसहित डा. बुलन्द थापा, डा. प्रल्हाद कार्की, डा. अनिलकुमार मिश्र, डा. पारसकुमार आचार्य, डा. दानबहादुर कार्की, डा. हेमराज ओझा र डा. केशवप्रसाद (केपी) सिंह परेका छन् ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि प्रारम्भिक सूचीमा डा. श्रीकृष्ण श्रेष्ठ, डा. डुकबहादुर क्षेत्री, डा. विदुर बहादुर वस्ती, डा. प्रल्हाद कार्की, डा. सुरेन्द्र शेरचन, डा. ध्रुवबहादुर अधिकारी, डा. भरतबहादुर खत्री, डा. गिरीधारी शर्मा पंगेनी र डा. सरोज शर्मा परेका छन् ।

कर्णालीको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको थियो भने पाटन र पोखराको उपकलुपतिका लागि १२—१२ जनाले आवेदन दिएका थिए ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकको प्रारम्भिक सूचीबाट तीन जनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्नेछ । उक्त सिफारिस समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगकी शिक्षा, स्वास्थ्य हेर्ने उषा झा सदस्य छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ