२०८२ वैशाख ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१८ देशद्वारा एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक

१८ देशद्वारा एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक


यूरोपेली संघका सबैभन्दा ठूला देशहरूले रगत जम्ने डरले एस्ट्राजेनेका कोरोना खोप प्रतिबन्ध लगाएको छ। जर्मनी, फ्रान्स, इटली, डेनमार्क, नर्वे, आयरल्याण्ड, इस्टोनिया, नेदरल्याण्ड, थाइल्यान्ड, बुल्गारिया, आइसल्याण्ड, लिथुआनिया, लक्जमबर्ग, लाटभिया, स्पेन, साइप्रस, पोर्चुगल र स्लोभेनिया जस्ता विश्वका १८ देशहरूले एस्ट्राजेनेका खोपको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्।

यद्यपि, विश्व स्वास्थ्य संगठनले भने यसको प्रयोग सुरक्षित रहेको बताएको छ। यो ताजा शंकाले विश्वव्यापी खोप अभियानको लागि एक ठुलो झड्का दिएको छ। किनभने यो खोपबाट विशेषज्ञहरुमा कोरोना महामारीको अन्त्य गर्न मद्दत मिल्ने आशा पलाएको थियो।

कोरोनाले लाखौँ मानिसको ज्यान लिएको छ  र विश्वव्यापी अर्थव्यवस्थामा समेत ठुलो प्रहार गरेको छ।

सबैभन्दा यूरोपेली संघको ३ ठुलो देश जर्मनी, इटाली र फ्रान्सले यो खोपमाथि प्रतिबन्ध लगाएका थिए र पछि स्पेन, पोर्चुगल, स्लोभेनिया र लातभीयापनि यसमा जोडिए। इन्डोनेशियाले पनि सो खोप रोक लगाउने घोषणा गर्यो। तर विश्व स्वास्थ्य संगठनले भने पुरा जोड दिएर खोप सुरक्षित जनाएको छ र कयौं राष्ट्रलाई प्रयोग गर्नुपर्ने बताउँदै आएको छ।

डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले भनेका छन्, ‘हामी मानिस डराउन भन्ने विल्कुल चाहाँदैनौं र केहि समयको लागि एस्ट्राजेनेकाको खोप अभियान जारी राख्ने सल्लाह दिन्छौं। अहिलेसम्म रगत जमेको केसका घटना र खोपबीच एक पनि सम्बन्धित प्रमाण मिलेको छैन।’

उक्त खोप नेपालमा पनि हाल प्रयोग भइरहेको खोप हो । नेपालमा अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास र भारतको सिरम इन्स्टिच्युटमा उत्पादन गरिएको खोप प्रयोग भइरहेको हो । भारतबाट पहिलो १० लाख डोज अनुदानमा आएको थियो । त्यसपछि अर्को चरणमा  थप १० लाख डोज खोप सरकारले आफैं खरिद गरेको थियो ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ