२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ हजार स्वास्थ्यका कर्मचारीले हाले समायोजन मिलानको आवेदन, पहिलो लिष्ट यही हप्ता आउने

२ हजार स्वास्थ्यका कर्मचारीले हाले समायोजन मिलानको आवेदन, पहिलो लिष्ट यही हप्ता आउने


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना अघि खोलेको समायोजन मिलानको लागि २ हजार कर्मचारीले अनलाइन फारम भरेका छन् । सरकारले यसअघि समायोजन भएका कर्मचारीले दोहोरो सहमति लिएर नयाँ ठाउँ रोज्नका लागि अनलाइन आवेदन माग गरेको थियो ।

१५ फागुनसम्म समय दिएर गरिएको आह्वानमा धेरै स्वास्थ्यकर्मीले दोहोरो सहमति ल्याउन नसकेपछि १५ दिन समय थपिएको थियो ।

थपिएको समय शनिबार सकिएको र सो अवधिमा २ हजार कर्मचारीले आवेदन भरेको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख दामोदर रेग्मीले जानकारी दिए । जसमा ४ देखि ५ सयले दोहो¥याएर फारम भरेको अनुमान गरिएको छ । समायोजन मिलानको आवेदन लिने समय सकिएसँगै पहिलो लटको समायोजन लिष्ट यही साता सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

‘यही हप्तामा प्राथमिकतामा परेकाकोे समायोजन मिलान लिष्ट निकाल्ने तयारी छ,’ उनले भने, ‘पहिलो लिष्टमा प्रक्रिया पुगेका स्थानीय तहबाट स्थानीय तहमै समायोजन भएर जानेहरुको नामावली प्रकाशित हुन्छ ।’

त्यसैगरी, दोस्रोमा प्रदेशबाट स्थानीय तह, तेस्रोमा संघबाट स्थानीय तहमा, चौथोमा प्रदेशबाट प्रदेशमा, पाँचौमा संघबाट प्रदेशमा जान चाहनेको मिलान हुँदै जाने उनले बताए । फाजिल, पुल, समायोजन भएर रमाना नलिएका र प्रक्रिया नमिलेकाको हकमा अन्तमा निर्णय गर्ने मन्त्रालयले तयारी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ