२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारज्ञानेन्द्र शाहीको समूहद्वारा भेरी अस्पतालका चिकित्सकमाथि दुर्व्यहार

ज्ञानेन्द्र शाहीको समूहद्वारा भेरी अस्पतालका चिकित्सकमाथि दुर्व्यहार


काठमाडौँ – सामाजिक अभियान्ता बताउने ज्ञानेन्द्र शाही र उनको टोलीले भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यहार गरेका छन्। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी गएको सोमबार हुल हुज्जत सहित शाहीको टोलीले उपचार गरिरहेका डाक्टर र नर्समाथि दुर्व्यहार गरेको जनाएको हो।

विज्ञप्तिमा उल्लेख भए अनुसार अस्पतालका प्रमुख डा प्रकाश थापासँग शाहीको संवाद चलिरहेको क्रममा १० जनाको समुह पुगेर सेवाग्राहीको ठेगाना सोधेको विषयलाई लिएर विवाद सृजना गरी डा विपिन आचार्य, अनमी देवा जिसी, अनमी कम्मु पौडेल र स्टाफ नर्स पार्वता आचार्यमाथि दुव्यर्वहार गरेका हुन् ।

अस्पतालले घटनामा प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न रहेका समुहको समयमै पहिचान गरी कडा-भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ