गृहपृष्ठ ∕ समाचार ∕ डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो हेल्थ आवाज बिहीबार, २०७६ भदौ १२ गते, ११:०२ मा प्रकाशित काठमाडौं—देशभर तीब्र रुपमा डेंगुको संक्रमण फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको रुप लिएको निष्कर्ष निकालेको छ । स्रोतकाअनुसार डेंगुले महामारीको रुप लिएको निष्कर्षपछि स्वास्थ्य मन्त्रालय ११ बजे आपतकालीन बैठक बोलाएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको उपेन्द्र यादवको विशेष चासोमा आपतकालीन बैठक बोलाइएको हो । विज्ञहरुले डेंगुले महामारीको रुप लिएको भन्ने सुझावका आधारमा बैठक बोलाइएको स्रोत जनायो । आपतकालीन बैठक बोलाइएको कुरा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले समेत पुष्टि गरे । उनले डेंगु फैलावटको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेको उल्लेख गर्दै बृहत छलफलका लागि बैठक बोलाइएको पुष्टि गरे । ‘डेंगुको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेकाले बृहत छलफलका लागि बैठक बोलाइएको हो,’ उनले भने । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ताजा तथ्यांकअनुसार देशभर झण्डै ४ हजार बढीमा डेंगु रोगको संक्रमण देखिएको बताइएको छ । साउन १ देखि भदाै ११ गतेसम्ममा मात्रै देशभर १५३७ जनामा डेंगु देखिएको छ । अहिलेसम्म डेंगुबाट देशभर ३ जनाको मृत्यु भैसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी