२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रदेश : १ हजार ६ सयले लगाए कोभिड खोप, ११ जनामा देखियो खोपको असर

कर्णाली प्रदेश : १ हजार ६ सयले लगाए कोभिड खोप, ११ जनामा देखियो खोपको असर


सर्खेत – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कर्णालीका झण्डै १ हजार ६ सय बढिले लगाएका छन्। बुधवारबाट देशैभर सुरू गरिएको खोप कर्णालीमा स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले पहिलो खोप लगाएर कार्यक्रमको  शुभारम्भ गरेका थिए ।

कर्णाली प्रदेशका १२ वटा खोप केन्द्रबाट लगाउन सुरुगरीएको खोप प्रदेशका १६ सय ९८ जनाले लगाइसकेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बुधबार पहिलो दिन कर्णालीमा सात सय ७५ जना स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । ती मध्य चार जनामा सामान्य असर देखिएको हो ।

बिहीबार (दोस्रो दिन) नौ सय २३ जनालाई कोरोना भाइसविरुद्धको खोप लगाइएको छ । ती मध्य सात जनामा खोपको असर देखिएको छ । एक जनामा गम्भीर र ६ जनामा सामान्य असर देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत केन्द्रमा खोप लगाएका जम्मा २ सय ९८ जनामध्ये एकजनामा गम्भीर असर देखिएको हो । गम्भीर समस्या देखिनेमा निर्देशनालयकै कर्मचारी रहेका प्रदेश निर्देशनालयकाले जनाएको छ ।

उनलाई खोप लगाएको आधा घन्टाभित्र शरिरमा टाउको दुख्ने, रिंगाटा लाग्ने, वाकवाकी आउने र कमजोर महसुस हुनेजस्ता समस्या देखिएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डाक्टर रबिन खड्काले बताए । प्रदेश अस्पतालमै उपचार गराएपछि अहिले उनको स्वास्थ्य अवस्था सामन्य भइसकेको छ। उनलाई हिजै सामान्य औषधी चलाइएको र केहि समय आराम गरेपछि निको भएको हो।

भ्याक्सिन लगाएपछि सामान्य समस्या आउनसक्ने भएकाले नआत्तिन डाक्टर खड्काले सुझाव दिए। उनले भने, ‘ आसान्य असर देखिनु भनेको भ्याक्सिनले काम गरेको हो । यस्तो समस्या आफै ठिक हुन्छ ।’

सरकारले सुरूमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र त्यसपछि प्राथमिकताको आधारमा अन्य नागरिकलाई खोप लगाइने बताएको छ । कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी र एम्बुलेन्स तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्वयम्सेवक, महिला स्वास्थ्य स्वयम्सेविका र सरसफाइ कार्यमा संलग्न व्यक्तिहरूलाई लगाउन सुरू गरिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ