२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेश : १ हजार ८२ जनाले प्राप्त गरे खोप, बाजुरा जिल्लामा आजबाट सुरु

सुदूरपश्चिम प्रदेश : १ हजार ८२ जनाले प्राप्त गरे खोप, बाजुरा जिल्लामा आजबाट सुरु


काठमाडौँ –  सुदूरपश्चिम प्रदेशमा १० खोप केन्द्र मध्ये ९ वटा खोप केन्द्रबाट १ हजार ८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । बाजुरा जिल्ला बाहेकका अन्य जिल्लामा गरेर ट १ हजार ८२ जनाले खोप लगाएका हुन्।

सामाजिक विकास मन्त्रालयका अनुसार जिल्ला अस्पताल अछामबाट २ सय ३६ , सेति प्रादेशिक अस्पतालबाट १ सय ७०, जिल्ला अस्पताल डोटीमा १ सय ५६ , महाकाली अस्पतालमा १ सय २४ ,डडेल्धुरा अस्पतालमा १ सय २२ , टीकापुर अस्पतालमा ८६,जिल्ला अस्पताल बैतडीमा ७८,जिल्ल अस्पताल बझाङमा ५९ र जिल्ल अस्पताल दार्चुलामा ५० जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन्।

यस्तै, बाजुरा जिल्लामा आजबाट खोप अभियानको सुरुवात भएको छ । धनगढीबाट खोप बुधबार नै बाजुरा पुग्न नसकेकोले बिहिबार अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ