सिंगापुरमा प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस जारी, उपचार प्रक्रिया पूरा हुन एक साता लाग्ने

काठमाडौं—सिंगापुरस्थित न्यासनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । बुधबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया जारी रहेको बताएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी छ,’ उनले ट्वीटमा लेखेका छन्, ‘उहाँको नीजि चिकित्सक प्रा.डा. दिब्यासिंह शाह आज स्वदेश फर्किनुभएको छ । उहाँकाअनुसार यो उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुनेछ ।’
साथै, उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिती सामान्य स्थितीमा रहेको जानकारी समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीको शरीरमा एन्डीबडीको मात्रा बढी देखिएपछि ५ भदौंमा उनलाई उपचारका लागि सिंगापुर लगिएको हो ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस