सुर्खेत – सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले निजी क्लिनिक खोलेर सेवा दिदाँ प्रदेश अस्पताल सुर्खेतबाट गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कँडेलले बताए । उनका अनुसार अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले प्रदेश अस्पताललाई सम्पर्क स्थानको रूपमा लिई निजी क्लिनिकमा काम गर्न थालेका हुन् ।
‘अस्पताल निर्देशकले नै सरकारी अस्पतालमा गुणस्तरीय सेवा दिन पहल गर्नुको साटो उही भु-भाग र सेवाग्राही वा विरामीलाई लक्षित गरी समानान्तर रुपमा निजी अस्पताल सञ्चालन गरेका छन् । ‘अन्य केही चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि सरकारी अस्पताललाई सम्पर्क स्थानको रूपमा लिई निजी क्लिनिकबाटै सेवा प्रवाहमा जोड दिँदै आएका छ्न्’ ,उनले भने, ‘यसबारे नियमन पदाधिकारी तथा निकाय सचिवदेखि मन्त्रीलाई पटक-पटक मौखीक र लिखित जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नजनाउनुमा गैरजिम्मेवार भएको महशुस हुन्छ ।’
उनका अनुसार कसरी सरकारी अस्पतालबाट सर्वसुलभ सेवा र संस्थागत सुशासनका साथ केही सेवा गर्ने भावले काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीले काम गर्ने वातावरण पाउछन् । र सेवा प्रवाह पनि हुन्छ । तर कतिपय चिकित्सक र स्वास्थ्यकर्मीहरु निजी क्लिनिकको लतमा फसेर प्रदेश अस्पताललाई सम्पर्क स्थान बनाउन थालेका हुन् ।
यस्ता गतिविधिका कारण हाल स्वास्थ्य मन्त्रालय, विभागले तयार गरेका कार्यक्रम निर्देशिका र समितिको गठन आदेशमा व्यवस्था गरेको काम कर्तव्य र अधिकारको आधारमा अस्पताल व्यवस्थापन समितिको कुनै औचित्य नभएको उनको तर्क छ । अस्पतालका निर्देशक र प्रशासनमा व्यवस्थापन समितिको स्विकार्यता नहुनुका साथै माथिल्ला निकायहरूबाट पनि कुनै कार्यक्रम वा गतिविधिको जानकारी दिने वा समावेश र सहभागी गराउने प्रणालीको विकास नहुनुले अस्पतालको सेवा प्रवाहमा समेत असर परेको अध्यक्ष कँडेलले बताए ।
समितिमा रहदाँका दुई वर्षलाई फर्केर हेर्दा
शुरूमा पदको इच्छा नराखी गठन आदेशमा व्यवस्था गरिएको काम कर्तव्य र अधिकारमा कुनै छलफल गर्ने अवसर नपाई प्रदेश अस्पताल व्यवस्थापन समितिको दुई वर्षे कार्यकालको जिम्मेवारी खासै केही नगरी छिट्टै सकिएको अनुभुति भएको अध्यक्ष कँडेलको भनाइ छ । साथै उनले आफ्नो कार्यकालमा गरेका केही काम र भए देखेका कामहरुलाई बुदाँगत रुपमा उल्लेख गरिएको छ ।
१. अध्यक्ष र एक सदस्य मनोनित सहित सात सदस्य समिति थियो ।
२. सरदर वार्षिक ६०००० विरामीलाई करिब २०–२५ जना विशेषज्ञ चिकित्सक र त्यही संख्यामा चिकित्सकहरू सहित करिब अन्य २०० जति स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी (करिब ७५ प्रतिशत अस्थायी करारका) बाट १३ विभागबाट बहिरङग र १२५ बेडको अन्तरङग सेवा प्रदान ।
३. मे.सु.ले करिब १.५ कि.मि को सोही भौगोलिक दुरीमा आफ्नै निजी अस्पताल सञ्चालन गर्नुको साथै सवै बिशेषज्ञ चिकित्क र केही स्वास्थ्यकर्मी र कार्यालय सहयोगीले पनि निजी क्लिनिकहरूमा काम गर्ने ।
४. स्वास्थ्य बिमा, अस्पताल फार्मेसी संचालनमा रहेपनि सेवाग्राहिको सहजीकरण र असक्षमको लागि सेवा दिन सामाजिक सेवा एकाइ पार्दशिरूपमा संचालन नभएको ।
५. शुरूमा काम कहाँबाट कसरी सञ्चालन गर्ने अलमल रहेता पनि करिब एक महिना मे.सु. लगाएत चिकित्सक, स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी र विरामी सँग छलफल र सेवा प्रभाव र व्यवस्थापन, जिम्मेवारी र अवसरहरूको बाडफाडको अवलोकनपछि निम्न उद्देश्यहरू निर्धारण गरी काम शुरू गरियो ।
क. सेवा लिन आउने करिब ८० प्रतिशतलाई उही दिननै (एक दिन भित्रै) सेवा दिने ।
ख. संस्थागत सुशासन, आर्थिक पारदर्शिता र अवसरहरूको समान रूपमा वितरण ।
ग. सेवामा सर्वशुलभ पहुच, सुदृढीकरण, विस्तार र नयाँ भवन भवनवाट सेवा सञ्चालन ।
घ. सेवाको स्तर वृद्धि, दक्षता र क्षमता अभिवृद्दि गर्न पोस्ट ग्रयाजुयसन सहित मेडिकल कलेज संचालनमा पहल गर्ने ।
यसो भन्छन् अध्यक्ष कँडेल
‘म एक जनस्वास्थ्यकर्मी भएकोले जनसमुदायको ठुलो अपेक्षा जागेको थियो नै । प्रदेश सरकारबाट दिइएको अस्पताल व्यवस्थापन समितिको समुदायलाई सर्वशुलभ सेवा प्रदान गर्ने जिम्मेवारी पुरा गर्न माथिका उदेश्यहरू सहित काम अघि बढाउँन पुर्णरूपमा स्वयंसेवी रूपमा २४ महिनामा करिब २१ महिना दैनिक ४–५ घण्टा अस्पताल निर्देशक देखि कार्यालय सहयोगी र बिरामी, अभिभावकसँग अन्र्तत्रिया, हरेक सेवा प्रभावको स्थलगत अवलोकन गरियो ।
साथै, समितिको जिम्मेवारी दिन वा सेवाको नियमन निकाय वा पदाधिकारी महाशाखा प्रमुख, सचिव, सामाजिक विकास मन्त्री, मुख्य सचिव, मुख्य मन्त्री कर्णाली प्रदेश, संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका धेरै जसो महाशाखा प्रमुखहरू, सचिव, राज्य मन्त्री र मन्त्री अन्र्तक्रियात्मक भेटद्वारा प्रयत्न गरियो । तर पनि खास सेवा प्रभावकारी भएन नै । पदिय सामजिक जिम्मेवारी निभाउन अस्पताल सेवा सुधार गर्न गरिएका अथक प्रयासहरू वापजुत नतिजा नगन्य भएपनि विस्तृतरूपमा फेरी सेयर गर्नेछु ।’