२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. राईको नेतृत्वमा युवा चिकित्सक संघ पाटन अस्पताल समिति गठन

डा. राईको नेतृत्वमा युवा चिकित्सक संघ पाटन अस्पताल समिति गठन


काठमाडौं–युवा चिकित्सक संघले पाटन अस्पतालमा आफ्नो कार्यसमिति विस्तार गरेको छ । शनिबार डा. प्रशिश राईको नेतृत्वमा युवा चिकित्सक संघको पाटन अस्पताल कार्यसमिति गठन भएको हो ।

यस्तै कार्यसमितिमा उपाध्यक्षमा डा. उमेश कोइराला, महासचिवमा डा. नरेन्द्र भण्डारी, सचिवमा डा. एलिना खतिवडा चयन भएका छन् ।

डा. विशाल डंगोल कोषाध्यक्ष रहेको उक्त समितिमा डा. गगन कार्की सह कोषाध्यक्ष छन् । कार्यसमितिका तीन जना सदस्यहरुमा डा. आनन्द यादव, डा.जनकराज पाण्डे र डा. सोनाफुटी शेर्पा छन् ।

नव गठित कार्यसमितिले पाटन अस्पतालले चिकित्सक एवं कर्मचारीको तलब घटाउने कदम विरुद्ध आवाज उठाउने भएको छ । संघले तलब घटाउने निर्णय सच्चाउनका लागि आइतबारसम्मको अल्टिमेटम ब्यवस्थापनलाई दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ