२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रतिष्ठान आगजनी प्रकरण : ६ वर्ष वित्यो, सिआईवीको प्रतिवेदन सार्वजनिक भएन

प्रतिष्ठान आगजनी प्रकरण : ६ वर्ष वित्यो, सिआईवीको प्रतिवेदन सार्वजनिक भएन


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको ओपिडी भवनमा भिषण आगालागी भएको करिब ६ वर्ष बितेको छ । वि.सं. २०७२ पुस ३ गते प्रतिष्ठानमा भिषण आगलागी भएको थियो ।

करिब १० करोड बराबरको क्षति हुनेगरी भएको आगलागी किन र कसरी भयो ? यस घटनाका दोषी को हुन भन्नेबारे केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)को प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन सकेको छैन् ।

आगलागी पश्चात तत्काल जुम्ला आएको सिआईबी टोली, जिल्लाको प्रहरी प्रशासनले एक डेढ वर्षमै दोषी पत्ता लगाएर प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो । तर, आगलागी भएको ६ वर्ष बितिसक्दा पनि नत दोषी पत्ता लागे नत सिआईबीको प्रतिबेदन सार्वजनिक भएको छ ।

करोडौका उपकरण तथा भवन जलेर नष्ट भएका भग्नावशेषहरु अहिले पनि उस्तै छन् । कर्णालीको स्वास्थ्य सुविधाको क्षेत्रमा उदाउँदै गरेको प्रतिष्ठानमा आगलागी हुँदा खेप्नु परेको पीडा, विचलित भएका बिरामी र बिरामीका आफन्तहरुले यथाशीघ्र आगलागी घटना सार्वजनिक हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।

तर, आगलागी भए पश्चात ३/४ पटक घटनाको स्थलगत अनुसन्धान गर्न जुम्ला पुगेर फर्किएको सिआईबी टोलीले प्रतिष्ठान जलेको घाउमा मलम लगाउन नसकेको भन्दै नागरिक अगुवा राजबहादुर महतले आक्रोश व्यक्त गरे । औपचारिकतामा सिमित सिआईबीको अनुसन्धानले प्रतिष्ठानलगायत अन्य हत्याका घटनाको पनि छानविन नभएको उनको तर्क छ । ‘नत सिआईबीको प्रतिवेदन सार्वजनिक भयो । नत आजसम्म प्रहरी प्रशासनदेखि राजनीतिक दलको सक्रियाता नै देखिएको छ । सबै पक्षको मिलेमत्तोमा आगलागी घटनालाई लुकाउन खोजिएको आरोप छ ।’

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रतिष्ठान आगलागीका बारेमा सिआईबीले गरिरहेको अनुसन्धानको विषयका कुनै जानकारी नभएको बताए । तर, आगलागीका दोषी उम्कन नहुनेमा उनको जोड छ । नतिजामुखी अनुसन्धानमा सिआईबी अघि बढ्न्पर्ने, दोषीलाई कारबाही हुनुपर्ने र छिटो प्रतिवेदन सार्वजनिक हुनुपर्नेमा प्रशासनको दुईमत नरहेको समेत प्रजिअ थापाको भनाइ छ ।

उच्च सरकारी वकिल कार्यालय जुम्लाबाट तत्काल कोही कसैलाई मुद्धा नचल्ने र पछि खुल्न आएमा कानुन बमोजिम हुने हुँदा तामेली निकासा भएर आएको डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

अनुसन्धानमा प्रतिष्ठानका कुनै व्यक्ति तथा अन्यले आगलागी गरेको नभेटिएपछि तामेली भएको हो । दोषी पत्ता लागेको खण्डमा पुनः मुद्धा सुरु हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ