२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ पिनास ? यसबाट जोगिन के गर्ने ?

किन हुन्छ पिनास ? यसबाट जोगिन के गर्ने ?


हाम्रो अनुहारमा खाली भागहरु हुन्छन् जसलाई साइनस भनिन्छ । यो साइनस नाकको दुवै पट्टिको गालामा, निधार र नाकको पछाडी भागमा भित्रैसम्म रहेको हुन्छ । हाम्रो स्वर सुमधुर बनाउन र टाउकोको तौल कम भएर लामो समय टाउको ठडाउन सक्ने बनाउन यहि खाली भाग वा साइनसको महत्वपूर्ण भूमिका हुन्छ । साइनस तरल पदार्थ उत्पादन हुने र सिगान बनेर नाक बाहिर वा घाँटी हुँदै पेट भित्र नियमित रुपमा गएको हुन्छ । यदि कुनै कारण यो तरल पदार्थ समयमा बाहिर निस्कन पाएन भने पिनास अर्थात् साइनस्टिस को समस्या सुरु हुन्छ।

पिनास हुने कारण

जब किटाणुहरु (प्राय सामान्य रुघा खोकीका भाइरसहरु) यस साइनसमा छिर्छन्, तब शरीरको रोग प्रतिरोधात्मक प्रणाली सक्रिय हुन थाल्छ । यस प्रणाली अन्तर्गत यी भाइरसलाई नष्ट गर्न र शरीरबाट बाहिर निकाल्न साइनसलाई घेरेको कोषको तह सुन्निन थाल्छ । त्यसपछि तरल पदार्थको उत्पादन बढ्न थाल्छ । साइनसलाई घेरेको कोषको तह सुन्निँदा साइनसको मुख बन्द भैदिन्छ । तरल पदार्थ बाहिर निस्कन पाउँदैन । लामो समय तरल पदार्थ जम्मा भएपछि यसमा ब्याक्टेरिया हुर्कन थाल्छ र समस्या बढ्न थाल्छ । तरल पदार्थ झन् झन् बाक्लिने पहेंलो वा हरियो हुने, आँखा, निधार, नाक वरपर दुख्न सुरु हुने, खोकी लाग्ने र घाँटी खस खस हुने र ज्वरो समेत आउने समस्या सुरु हुन थाल्छ ।

यसरी साइनस ब्लक भएर तरल पदार्थ थिग्रिने र त्यसैमा किटाणु हुर्कने समस्या सुरु हुने कारण अन्य पनि छन् जस्तै बारम्बार सिजनल एलर्जी हुने कारण, वा सोहि एलर्जी वा अन्य कारण नाकमा पोलिप्स पलाउने कारण (अर्थात् सामान्य बोलीचालीको भाषामा, नाकमा मासु पलाउने कारण) वा नाकको सेप्टम बाङ्गीएको वा डेभिएटेड सेप्टम भएको कारण र अन्य धेरै ।

कसैमा यस्तो समस्या ५÷७ दिनको मात्र हुन्छ र आफै ठिक हुन्छ भने कसैको १(२ महिनासम्म रहन्छ । यदि लामै समय रहन्छ भने बिरामीले नाक कान घाँटीका एकैजना डाक्टरसँग नियमित चेकजाँच गर्नुपर्छ । यसलाइ हेलचेक्राइँ गर्नु हुँदैन । पिनासको समस्या बढ्दै गयो भने आँखा भित्रदेखि मष्तिस्कसम्म किटाणु छिरेर अनेक जटिल समस्या दिन सक्छ ।

पिनासबाट बच्ने उपाय

अधिकांशको भाइरस वा एलर्जीको कारण पिनास अर्थात् साइनस्टिसको समस्या सुरु हुने हुनाले पहिलो ७(१० दिन डाक्टरकोमा नगइकन एन्टिबायेटिक खान हुँदैन । भाइरस वा अन्य कारण पिनास सुरु भएपछि करिव १० दिन सम्म सन्चो भएन भने ब्याक्टेरिया आएर फैलिएछ भनेर अनुमान गर्न सकिन्छ । पहिलो १० दिन शरीरलाई आँफै समस्या हल गर्न समय दिन, सो हल गर्ने समयसम्म आफुलाई परेको अप्ठेरो कम गर्न र सकेसम्म किटाणु हुर्कन नदिन निम्न कुराहरु गर्नु पर्छ ः

नुनपानीले सफा गर्ने

पिनासको लक्षण महसुस हुने बित्तिकै नुन र (तताएर सेलाएको) पानीको मिश्रणले नियमित नाक सफा गर्नुपर्छ वा दिनको ४ पटक जति साल्ट वाटर नजल स्प्रे प्रयोग गर्नुपर्छ ।

बाफ लिने

पिनासको समस्या देखिएपछि बिरामीले दिनमा २ पटक तातोपानीको बाफ लिन’पर्छ . जसले पिनासको द’खाईलाई कम गर्न सहयोग गर्छ .

नजल स्प्रेको प्रयोग गर्ने

साइनसमा तरल पदार्थको उत्पादन कम गर्ने, एलर्जीको लक्षण कम गर्ने, सुन्निन कम गर्ने र साइनसको मुख खुलाउन सहयोग गर्ने करिब २÷३ थरी नजल स्प्रे दिनको करिब २ पटक प्रयोग गर्नुपर्छ । याद गर्नुस यस्ता नजल स्प्रेको सहि तरिकाले प्रयोग गर्ने तरिका धेरैलाई थाहा छैन । यी प्रयोग गर्दा नाक भित्र छिराएपछि उही तर्फको कान पट्टि तेर्साउनु पर्छ ।

पेनकिलर खाने

पेनकिलर सकेसम्म नखाने तर अत्याधिक दुखाई महशुस भये भने पेनकिलर खानुपर्छ । त्यसैले पिनास भएको बेलामा टाउको दुख्यो र असजिलो महसुस भयो भने ४÷४ घन्टामा नदुख्ने औषधि खानु पर्ने हुन्छ । यस्तै राती खोकी लागे कफ सुप्रेस्टान्ट खोकी रोक्ने औषधि खान सकिन्छ ।

प्रशस्त पानी पिउने

पिनासको समस्यामा कुनै खानेकुरा बार्नु पर्दैन । यसबेलामा शरीरलाई निकै धेरै तागत चाहिने हुँदा सकेसम्म धेरै खानेकुरा खाने र प्रसस्त पानी पिउने गर्नु पर्छ ।

यी सबै १० दिनसम्म प्रयोग गर्दा पनि लक्षण कम भएन र झन् ज्वरो आउन थाल्यो भने डाक्टरकोमा गएर एन्टिबायेटिक खानुपर्ने हुन्छ । यदि एन्टिबायेटिक सुरु गरेको अर्को ५÷७ दिनमा अझै अलिकति पनि कम भएन भने उक्त एन्टिबायेटिक परिवर्तन गर्नु पर्ने हुन्छ । बारम्बार आफुखुसी अनावश्यक एन्टिबायोटिक खाइराख्नेलाई नियमित दिइने एन्टिबायेटिकले काम नगर्न पनि सक्छ ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ