२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीलाई कोभिड अवधिभर जो जहाँ छन् त्यही काम लगाउनु, तलब पनि त्यहीबाट खुवाउनु

स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीलाई कोभिड अवधिभर जो जहाँ छन् त्यही काम लगाउनु, तलब पनि त्यहीबाट खुवाउनु


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजन भइ रमाना लिन बाँकी रहेका स्वास्थ्य सेवाका कर्मचारीलाई हाल कार्यरत कार्यलयमै कामकाजमा खटाउन समयावधि थप गरेको छ ।

कोभिड–१९ को महामारी सुरु भएपछि कात्तिक मसान्तसम्म रमाना नलिएका स्वास्थ्यकर्मीहरुलाई साबिककै तह तथा कार्यालयमा काम गराउने निर्णय गरेको थियो ।

मन्त्रालयले २८ कात्तिकमा सचिव स्तरीय निर्णय गर्दै कोभिड अवधिभर रमाना नदिई काम लगाउन सातै प्रदेश र सबै स्थानीय तहलाई पत्रचार गरेको हो ।

सो निर्णयसँगै अस्पतालमा कार्यरत अन्यत्र समायोजन भएका स्वास्थ्यकर्मीलाई पनि कोभिड अवधिभर रमना नदिई साविक अस्पतालमा कामकाज लगाइ तलब भुक्तानी गर्न भनिएको छ ।

त्यस्तै यस अघि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि कामकाजमा खटिएका कर्मचारीलाई पनि तलब भुक्तानी गर्ने सचिव स्तरीय निर्णय भएको छ । मन्त्रालयले गरेको निर्णयमा मन्त्रालयले खटाइएकाको हकमा पनि सोहि अनुसार हुने र प्रदेश तथा स्थानीय तहमा समायोजन भइ रमना लिइ आएका स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बन्धित निकायले अनिवार्य हाजिर गराइ कामकाजमा लगाउने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ