काठमाडौं -स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले होम आइसोलेसनमा बसेका र क्वारेन्टिनमा वा सामुहीक आइसोलेसनमा बसेका कोभिड संक्रमितको हेरचहाका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ । ६ महिना पहिला जनशक्ति मार्गदर्शन तयार पारेको मन्त्रालयले सो अनुसार स्वास्थ्यकर्मी परिचालन गर्न नसक्ने भएपछि पुन अर्को मापदण्ड तयार पारिएको हो ।
हाल तरा पारेको मापदण्डमा निजी स्वास्थ्य सस्थाले पनि अनमुती लिएर सेवा दिन पाउँने छन् । प्रति व्यक्ति २ देखि ३ सयको दरमा दैनिक भत्ता मन्त्रालयले उपलब्ध गराउँने छ । यसका लागि निजी अस्पतालहरुले पनि चासो देखाएका छन् ।
कोभिड संक्रमित दिन प्रतिदिन बढ्दै गएको अवस्थामा अस्पतालमा हुने अनावश्यक भीडभाडलाई कम गर्ने मात्रै हैन अस्पतालनै नगइ घरमा स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ तयार परोको उपचारात्मक सेवा महाशाखाका नाक, कान, घाटी विभाव प्रमुख डा प्रकाश बुढाथोकीले बताए ।
महाशाखाले तयार पारेको मापदण्डले घरमा बसेका ५० संक्रमित बराबर १ स्वास्थ्यकर्मी रहने र आइसोलेसन केन्द्रमा बसेका सोही संख्या बराबर एक मेडिकल अधिकृत र २ जना सुरक्षाकर्मी दिने व्यवस्था गरेको छ । त्यस्तै २५ जना संक्रमितका लागि २ जना नर्स वा पारामेडिक्स र २ जना सरसफाई कर्मचारी हुनुपर्ने मापदण्डले स्पष्ट व्यवस्था गरेको छ । उनिहरुको सेवा अवधि १२–१२ घण्टाको हुने छ ।
६ महिना अघि स्वास्थ्य मन्त्रालयले तयार पारेको मार्गदर्शनमा होम आइसोलेसनमा रहेका व्यक्तिहरुसंग सम्पर्क, समन्वय, आवश्यक स्वास्थ्य सल्लाह प्रदान तथा उद्धार गर्नका लागि प्रत्येक वडामा पारामेडिक १, नर्सिङ्ग स्टाफ १, स्वास्थ्य परिचारिका २ र सहयोगी १ जना खटाउने भनिएको थियो । यता सामुहीक आइसोलेसनका लागि पारामेडिक ४, नर्सिङ्ग स्टाफ ४, मेडकल अफिसर १ र सहयोगी १ जना हुने व्यवस्था गरेको थियो ।
बुढाथोकीले हरेक आइसोलेसन केन्द्रमा स्टेथेस्कोप, थर्ममिटर, वीपी सेट, पल्स अक्सिमिटर, टर्चलाइट र जाँचका लागि चाहिने अक्सिजन सिलिण्डर राख्नुपर्ने बताए ।