अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने

काठमाडाैं– कान्ति बाल अस्पतालमा पीसीआर सेवा सञ्चालन हुने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले अस्पताललाई आरटी पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा सो सेवा सुरु हुने तयारी गरिएको हो ।
अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार आरटी पीसीआर मेसिन महानगरपालिकाले हस्तान्तरण गरेको हो । अस्पतालमा आरटी पीसीआर मेसिन नुहँदा शंकास्पद बिरामीको कोभिड–१९ परीक्षण गर्नका लागि अन्य अस्पतालमा स्वाब पठाउँदै आएको थियो ।
अस्पतालमै पीसीआर सेवा उपलब्ध भएपछि बिरामीको उपचारमा छिटो र सहज हुने निर्देशक पौडेल बताउँछन् ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
तपाईको प्रतिक्रिया दिनुहोस