२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १४०३ सहित थप २६३८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १४०३ सहित थप २६३८ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा बुधबार
मात्र १ हजार ४ सय ३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी ९ सय ९ , ललितपुरमा ३ सय ५ र  भक्तपुरमा १ सय २ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ डिस्चार्ज भएका छन्। हालसम्म संक्रमणमुक्त हुने संक्रमितको संख्या ८० हजार ९ सय ५४ रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, हाल आइसीयुमा ३ सय ५ जना र भेन्टिलेटरमा ७० जना संक्रमित उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ