२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानमा ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

विपी प्रतिष्ठानमा ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ ६ः४५ मा प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा ती संक्रमित मृत्यु भएको हो ।

प्रतिष्ठानका सह—प्रवक्ता डा. आशिष श्रेष्ठकाअनुसार अन्य दीर्घ रोग नभएका मोरङ बेलवारी— १० का ती युवामा २१ असोजमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा राखेर उपचार सुरु गरिएको थियो ।

उनको शवको व्यवस्थापन नियमअनुसार भैरहेको प्रवक्ता. डा. श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ