२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्वमन्त्री रेणु यादवसहित परिवारका चार जनामा कोरोना पुष्टि

पूर्वमन्त्री रेणु यादवसहित परिवारका चार जनामा कोरोना पुष्टि


जनकपुर– पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीकी नेतृ तथा प्रतिनिधी सभा सदस्य रेणु यादबसहित उनको परिवारका चार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सांसद रहेका छोरा अभिषेक यादब संक्रमित भएपछि परिवारका सबै जनाले कोरोना परीक्षण गराएका थिए । मंगलबार आएको रिपोर्टमा नेतृ यादव, उनकी बुहारी र सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

छोरा अभिषेकमा कोरोनाको सामान्य लक्षण देखा परेको थियो । नेतृ यादवमा भने हालसम्म कोरोनाको कुनै लक्षण देखा परेका छैन । अहिले चारै जना होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ