काठमाडौँ – कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्या पनि ह्वातै बढेको छ। शनिबार मात्रै ३० हजार ८ सय १८ केस सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मृतकको संख्या ६१४ पुग्यो
त्यस्तै, थप १४जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २ जना महिला र १२ पुरुष गरी थप १४ जना संक्रमितको मृत्युको हो।
पछिल्लो २४ घण्टामा सुनसरीका १ पुरुष, मोरङका १ पुरुष र एक वृद्ध, सर्लाहीका १ वृद्ध, काठमाडौँकी १ वृद्धा, १ पुरुष र १ वृद्ध, ललितपुरका २ पुरुष, भक्तपुरका १ वृद्ध, मकवानपुरका १ वृद्ध, धादिङ्गकी १ महिला, नवलपरासीका १ पुरुष र रुपन्देहीका १ पुरुष को मृत्यु भएको हो।
यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ६ सय १४ पुगेको छ।