२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १४०९ सहित थप २०५९  जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १४०९ सहित थप २०५९  जनामा कोरोना संक्रमण


काठमाडौं– थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा थप थप २ हजार ५९ जना जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा शुक्रबार एकैपटक १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पाइएको छ। त्यस्तै, ललितपुरमा १ सय ६३ जना र भक्तपुरमा १ सय ३० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्या पनि ह्वातै बढेको छ। आज २७ हजार ५७ केस सक्रिय छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ