काठमाडौं– काठमाडौं उपत्यकामा १ हजार १७ सहित थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय १८ जना पुगेको छ।
काठमाडौं उपत्यकामा १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७ सय ८३ जनामा, ललितपुरमा १ सय १८ जना र भक्तपुरमा १ सय १६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ जना पुगेको छ।
हाल २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन् । हाल २ सय ४३ जनाको आइसियुमा उपचार भैरहेको छ। त्यस्तै, ४० जना भेन्टिलेटरमा उपचार भैरहेको छ ।
त्यस्तै, थप ९ जना संक्रमितको निधन भएको छ। पछिल्लो २४ घन्टामा तेह्रथुमका १ जना पुरष, सुनसरीका १ जना पुरुष, काठमाडौँकी २ महिला, ललितपुरकी १ वृद्धा, २ वृद्ध, चितवनका १ वृद्ध र नवलपरासीपूर्व १ वृद्धाको मृत्यु भएको मन्त्रालयले जानाएको हो ।
कुन प्रदेशमा थपिए कति संक्रमित ?