२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमित बढेसँगै सरकारी अस्पतालमा ६००० सेमी आईसीयु बेड थप्दै सरकार

कोरोना संक्रमित बढेसँगै सरकारी अस्पतालमा ६००० सेमी आईसीयु बेड थप्दै सरकार


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ का संक्रमितको संख्या बढेसँगै देशभर ६ हजार सेमी आईसीयु वेड थप्ने तयारी गरेको छ । मोनिटर र अक्सिजनसहितका सेमी आईसीयु वेड ७ बटै प्रदेशमा ५ सयका दर ३५०० र केन्द्रिय अस्पताल र प्रतिष्ठानका अस्पतालमा बाँकी २५०० वेड थप्ने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ६ हजार हाई डिपेन्डेन्सी वेड खरिदका लागि मन्त्रालयले लागत क्यालकुलेसन गरी अर्थ मन्त्रालयसँग बजेट माग गर्ने तयारी गरेको छ ।

डा. गौतमले मंसिर भित्र सबै अस्पतालमा ती वेड पु¥याउने तयारीका साथ मन्त्रालयले काम गरिरहेको बताए ।

पछिल्लो समयमा देशमा दैनिक २ हजारका दरले कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमित बढेसँगै अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामीको संख्या पनि बढ्दै गएको डा. गौतमले बताए ।

काठमाडौ उपत्यकामा दिनदिनै भइरहेका धर्ना, जुलुस, कोठे बैठक र स्वास्थ्य सुरक्षाका प्रबन्ध अवलम्बन नगर्दा संक्रमण बढ्दै गएको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ