२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि

बुटवलकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि


बुटवल—बुटवलमा एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ । आइतबार साँझ मृत्यु भएकी बुटवल उपमहानगरपालिका—१३ की ६५ वर्षीय ती महिलामा सोमबार विहान कोरोना पुष्टि भएको हो ।

मृतक महिला आइतबार विहान ९ बजे फिभर क्लिनिकमा भर्ना भएकी थिइन् । उनको राति ८ बजे मृत्यु भएको थियो । सोमबार बिहान आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

यो सँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या २८ पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ