विराटनगर– प्रदेश १ मा शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा प्रदेश १ मा २ सय ५५ कोरोना संक्रमित थपिएका हुन् ।
जसमध्ये सुनसरीमा १ सय २२ जना, मोरङमा १ सय २, झापामा ६ जना, उदयपुरमा ५ जना, खोटाङमा ४जना, संखुवासभा र ओखलढुङ्गामा ३–३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, धनकुटामा १ जना र प्रदेश १ जना प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ४८ महिला र ५० पुरुष छन् । सुनसरीकै दुहवीमा ३ महिला ६ पुरुष, इटहरीमा १ महिला ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १–१ जना महिला, स्थानीय तह नखुलेका ४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनबर्षीमा ४ महिला १ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा १–१ महिला, धनपालथानमा १ पुरुष, झापाको दमकमा १ महिला १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आउको मन्त्रालयले जनाएको छ ।
उता उदयपुरको बेलकामा ५ जना पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, संखुवासभाको चिचिलामा १ महिला २ पुरुष, ओखलढुङ्गामा ३ पुरुष, धनकुटाको महालक्ष्मीमा १ पुरुष र प्रदेश १ बाहिरका ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा प्रदेश १ बाट २ सय ८७ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २ सय ६३ जना, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट ९–९ जना, गढी आईसोलेसन केन्द्रबाट ५ जना र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका हुन् ।
प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७ सय २५ पुगेको छ ।
पछिल्लाे २४ घन्टामा प्रदेश १ मा १ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९६ महिला र १ सय ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख २६ हजार ८ सय ९० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।