२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा एकैदिन थपिए ९३४ संक्रमित, संक्रिय केस २० हजारभन्दा माथि

काठमाडौं उपत्यकामा एकैदिन थपिए ९३४ संक्रमित, संक्रिय केस २० हजारभन्दा माथि


काठमाडौं– काठमाडौं उपत्यकामा ९ सय ३४ सहित थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार थप  १५१३  संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७६ हजार २  सय ५८ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित २० हजार ३ सय ९६ जना रहेका छन्।

काठमाडौं उपत्यकामा पहिलोपटक एकैदिनमा ९ सय ३४ जना संक्रमित थपिएका छन्।  मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ७ सय ४७ जनामा जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ७३ जना र ललितपुरमा १ सय १४ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ७ सय ३१ जना रहेको छ। त्यस्तै, हाल आइसीयुमा २ सय १३ जना र भेन्टिलेटरमा ३४ जना संक्रमित  उपचाररत छन् ।

यस्तै, आज थप १० जना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौँका ३ जना, मोरङका १ जना, सर्लाहीका १ जना, महोत्तरीका १ जना, चितवनका १ जना र बाँकेका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति संक्रमित थपिए ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ