२०८१ पुस २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगुले जनजीवन प्रभावित

डेंगुले जनजीवन प्रभावित


काठमान्डौं–नेपालको तराई क्षेत्रलगायत देशका विभिन्न भागहरुमा डेंगुको प्रकोप बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ । वर्षासँगै लामखुट्टेको टोकाईबाट डेंगुको प्रकोप फैलिएपछि जनजीवन प्रभावित भएको हो । डेंगुबाट बचाउन सरकारले चालेका विभिन्न सचेतना कार्यक्रमका बाबजुद डेंगु नियन्त्रण हुन सकेको छैन ।

पछिल्लो पाँच वर्षमा डेंगुबाट ३४२५ प्रभावित भएको देखिन्छ । यो अन्य वर्षको तुलनात्मक रुपमा अहिलेसम्मकै उच्च प्रभावित जनसंख्या हो । सहरको तुलनामा गाउँका अधिकांश मानिस डेंगुबाट प्रभावित छन् । विभिन्न सुरक्षा अपनाउदा अपनाउदै पनि डेंगुको महामारी फैलिएपछि प्रायजसोः गाउँका मानिसहरु भयभित बनेका छन् ।

चितवन निवासी जनरल मेडिसिनका डाक्टर महेन्द्र अग्रहरी डेंगुबाट बच्न खानपान र आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । डेंगुबाट बच्न सुत्दा होस् वा अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउनुपर्ने उनी बताउछन् । डेंगु एक सम्भावित घातक रोग बताउदै उनले हेल्थ आवाज संग भने, ‘प्रदुषित वातावरण तथा सरसफाइको कमीले लामखुट्टेकोे टोकाइबाट डेंगुको महामारी फैलिएको हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ