जनकपुर—पर्साको धोविनी गाउँपालिका—२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत १ वर्षदेखि बन्द रहेको प्रसुति सेवा पुनः सुचारु भएको छ । जनशक्तिको अभावमा बन्द रहेको प्रसुति सेवा गाउँपालिकाकाले जनशक्ति आपूर्ति गरेपछि संचालनमा आएको हो ।
धोविनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने योजना अगाडि सारेपछि प्रसुति सेवा सुरु भएको हो । भिखमपुर स्वास्थ्य केन्द्रमा संचालन भएकै दिन वडा नं—१ की एक महिलाले प्रसुति गृहमा आएर सन्तान जन्माएसँगै सेवा सुरु भएका हो ।
गाउँपालिकामा स्वास्थ्य केन्द्र भएपनि जनशक्ति अभावमा प्रसुति सेवा संचालनमा थिएन । प्रमुख प्रशासकीय अधिकृत रौनियारले गाउँपालिकाको नेतृत्वलाई विश्वासमा लिएर नागरिकको मागलाई सम्बोधन गर्ने क्रममा स्टाफ नर्सको भर्ना गरेकाले भएकोले सेवा संचालनमा आएको हो । गाउँपालिकाले ४ जना नर्स करारमा नियुक्त गरेको छ ।
१५ वेडको स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु भएसँगै भारतको विहारदेखि पर्साको जिराभवानी गाउँपालिकालगायतका महिलाहरुलाई अब वीरगञ्ज जाने समस्याबाट मुक्त भएका छन् ।
केन्द्रले दिशा, पिसाव र खकारको परीक्षणजस्ता सेवाहरु पहिलादेखि नै दिँदै आएको छ । गाउँपालिका अधिकृत रौनियारले केही दिनभित्रै एक्सरेलगायत अन्य जनरल सेवाहरु पनि सुचारु हुने बताए ।