२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसन् २०३० सम्म नेपालमा १ लाख ३६ हजार बढी नर्सिङ जनशक्ति आवश्यक पर्ने

सन् २०३० सम्म नेपालमा १ लाख ३६ हजार बढी नर्सिङ जनशक्ति आवश्यक पर्ने


काठमाडौं— नेपालमा सन् २०३० सम्म १ लाख ३६ हजार ७ सय ९४ नर्सिङ जनशक्ति आवश्यक पर्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नर्सिङ जनशक्तिबारेको एक अध्ययनले नेपालमा अबको १० वर्षपछि १ लाख ३६ हजार ७ सय ९४ नर्सिङ जनशक्ति आवश्यक पर्ने देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वर्षअघि तयार पारेको उक्त प्रतिवेदनमा नेपालमा हाल प्रति वर्ष सरदर ७ हजार ३ सय ६६ नर्सिङ जनशक्ति उत्पादन भइरहेको उल्लेख छ । जसमध्ये प्रवीणता प्रमाण पत्र (पीसीएल) ४ हजार ७ सय ६०, स्नातक (वि.एस्सी) ९ सय ८०, स्नातक (वि.एन/वि.एन.एस) १ हजार ५ सय २०, स्नातक (वि.एम.एस) १८, स्नात्तोकर ८० र विद्यावारिधी ८ जना रहेको छ ।

स्वास्थ्य मन्त्रालयले नर्सिङ क्षेत्रको विद्यमान अवस्थामा सुधार गरी समसामयिक परिमार्जन गर्नका लागि २०७३ मा एक समिति गठन गरेको थियो । प्रा. गोमा निरौलाको अध्यक्षतामा गठित ७ सदस्सीय उक्त समितिले तयार पारेको प्रतिवेदनमा १० वर्षपछि आवश्यक पर्ने नर्सिङ जनशक्तिको आँकलन गरिएको छ ।

नेपालमा वि.सं. २०१३ बाट औपचारिक रुपमा नर्सिङको पढाइ सुरु भएको हो । नेपाल नर्सिङ परिषद्को अभिलेखअनुसार नेपालमा हाल नर्स ९५ हजार ३ सय ६३ छन् । जसमा अ.न.मी. ३३ हजार ७ सय २४ र प्रवीणता प्रमाणपत्र/वि.एस्सी नर्सिङ अध्ययन गरेका नर्सहरु ६० हजार ७ सय ९५, विदेशी ८ सय ४४ जना छन् ।

आगामी १० वर्षमा आवश्यक पर्ने नर्सिङ जनशक्तिको प्रक्षेपण


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ