गृहपृष्ठ ∕ समाचार ∕ ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता वितरण शुरु ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता वितरण शुरु हेल्थ आवाज बुधबार, २०७६ साउन २९ गते, १५:४१ मा प्रकाशित धनगढी–माघ २३ देखि रोकिएको सुत्केरी भत्ता ६ महिनापछि पुनः वितरण गरिएको छ । भत्ता वितरणसँगै सुत्केरी महिलाहरु खुशी भएका छन् । सरकारले पहिलो चरणमा छुट्याएको आमा सुरक्षा कार्यक्रम अन्तर्गतको प्रोत्साहन भत्ता लिन टाढा टाढाबाट महिलाहरु सेती अस्पाल आउन थालेका छन् । सुत्केरी भत्ता पाएकोमा खुसी लागेको भत्ता लिन आएका आफन्तको भनाई छ । सुत्केरी भत्ता चेकजाँचको आधारमा पाईने भएकोले राहत महशुस गरेको उनीहरु बताउछन् । बजेट अभाबले रोकिएको सुत्केरी भत्ता माघ महिनादेखि रोकिएकोमा असार १९ गतेबाट पुनः बितरण गरिएको हो । प्रोत्साहन भत्ता अन्तरगतको सुत्केरी भत्ता सेती अस्पतालबाट १८ सय जनाले लिईसकेको र १७ सय जनाले भत्ता पाउन बाकी रहेको सेती अस्पतालका नर्सिङ ईन्र्चाज मन्जु केसीले बताईन् । दैनिक सुत्केरी भत्ता लिन आउनेक्रम जारीे छ । निकास भएको रकम मध्ये हाल सम्म ३५ लाख रकम बितरण भैसकेको उनले बताईन् । सरकारी अस्पतालमा सरकारले गत बर्ष भन्दा यस बर्ष सुत्ेकेरी महिलाहरु लाई दिदै आएको भत्तामा केहि वृद्धि गरेको छ । सेती अस्पतालका सुचना अधिकृत दिलीप श्रेष्ठले अहिले तराईमा १८ सय, पहाडी जिल्लामा २८ सय र हिमाली जिल्लामा ३८ सय रुपैया दिईदै आएको बताए । सरकारले सुत्केरीलाई दिने यातायात खर्च बापतको रकम दोब्बर बनाएकोले बिभिन्न अस्पतालमा रकम अभाब भएको उनले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक साइड इफेक्ट ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक साइड इफेक्ट ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट