काठमाडौँ – जुम्लामा अनशन बस्दै आएका डा. गोविन्द केसीलाई उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य अवस्था बिग्रिदा समेत उपचार गर्न नमानेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा. केसीलाई गएको सोमबार ट्रमा सेन्टर पठाएको हो।
नेपालगन्जबाट प्लेनमा काठमाडौं आएका डा. केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगतै प्रहरीले उपचारका लागि भन्दैं ट्रमा सेन्टर पु¥याएको हो । डा. केसीले शिक्षण अस्पताल जाने भनेपनि प्रहरीले कोरोनाको कारण देखाउँदैं उनलाई ट्रमा सेन्टर पु¥याएको हो ।
उनलाई अहिले ट्रमा सेन्टरमा राखिएको छ । डा. केसीले शिक्षण अस्पताल नलगेसम्म उपचार नलिने भन्दैं उपचार गर्न मानेका छैनन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन-पाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्नेजस्ता माग राख्दैं अनशनमा छन् ।