२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबी एण्ड सी अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना मुक्त

बी एण्ड सी अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना मुक्त


काठमाडौं– झापास्थित बी एण्ड सी अस्पतलका १२ जना स्वास्थ्यकर्मी कोरोना मुक्त भएका छन् । सोमबार २ चिकित्सक र १० नर्ससहित १२ जना स्वास्थ्यकर्मी कोरोना मुक्त भएको अस्पतालले जनाएको छ ।

स्टेसन मेडिकल वार्डमा कार्यरत उनीहरुमा १८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु अस्पतालकै आइसोलेसनमा बसेका थिए । आइतबार गरिएको पीसीआर परीक्षणमा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोमबार डिस्चार्ज भएका हुन् ।

कोारेना मुक्त भएका स्वास्थ्यकर्मीहरुलाई अस्पतालका कार्यकारी निर्देशक दर्गा प्रसाईँले फूलको गुच्छासहित खादा ओडाएर घर पठाएका छन् । बाह्रैै जना स्वास्थ्यकर्मी ४ दिन घरमा बसेपछि काममा फर्कने अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ