२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआइओएमका पूर्व डीन प्रा.डा. अग्रवाललाई काेरोना संक्रमण

आइओएमका पूर्व डीन प्रा.डा. अग्रवाललाई काेरोना संक्रमण


काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डीन प्रा.डा जगदिश प्रसाद अग्रवाललाई कोरोना भाइरस (कोभिड– १९) संक्रमण भएको छ ।

डा. अग्रवाललाई संक्रमण पुष्टी भएसँगै त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा. सन्तकुमार दासले जानकारी दिए । डा. दासका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘तीन दिनअघि अस्पताल भर्ना हुनुभएको हो,’ डा. दासले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ, दुई तीन दिनपछि डिस्चार्ज हुनुहुन्छ ।’

१३ दिन अघि कोभिड–१९ संक्रमण पुष्टि भएका त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख प्रा.डा सुवास आचार्यले भने कोरोनालाई जितेका छन् । संक्रमण भएको केहि दिनमा स्वास्थ्यमा समस्या देखिएका उनी अहिले सामान्य अवस्थामा आइसकेको डा. दासले बताए ।

‘उहाँको स्वाब परिक्षणको लागि पठाइएको छ पोजेटिभ रिपोर्ट आए आजैबाट काममा फर्कनुुहुन्छ,’ उनले भने, ‘रिपोर्ट नेगेटिभ आए पनि भोलि या पर्सीबाट काममा फर्कन्छु भन्नु भएको छ ।’ स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार १४ दिनपछि भने कोराना परीक्षण गरिरहन नपर्ने भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ