२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रक्रिया नपुगेको भन्दै वीर अस्पतालको ओएनएम सामान्यले रोक्यो

प्रक्रिया नपुगेको भन्दै वीर अस्पतालको ओएनएम सामान्यले रोक्यो


काठमाडौं—सामान्य प्रशासन मन्त्रालयले वीर अस्पतालको सांगठनिक तथा व्यवस्थापकीय सर्वेक्षण (ओएनएम) तत्काललाई रोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सांगठनिक संरचना परिर्वतन गर्नका लागि १२ औं तहसम्मका कर्मचारी रहने गरी आएको प्रस्ताव सामान्य प्रशासन मन्त्रालय पठाएको थियो ।

स्वास्थ्यले पठाएको प्रस्ताव प्रक्रिया विपरित रहेको भन्दै तत्काललाई रोकिएको हो । ओएनएमको प्रक्रिया पु¥याएर मात्र अगाडि बढ्नका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग छलफलको तयारीमा रहेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखाका सह—सचिव वसन्त अधिकारीले बताए ।

‘वीर अस्पतालको ओएनएम आएको छ । तर, पक्रिया पूरा नगरी आएको छ,’ उनले भने, ‘प्रक्रिया नपुगेको काम कसरी अगाडि बढ्छ र ? । उनले स्वास्थ्य मन्त्रालयसँग यस विषयमा छलफल गरेर प्रक्रिया पूरा भएर आएपछि मात्र अगाडि बढाउनले जानकारी दिए ।

वीर अस्पतालले एक महिना अघि १२ औं तह दरबन्दीसहित ओएनएम बनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको थियो । सो प्रस्ताव स्वास्थ्यले सामान्य प्रशासनलाई पठाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ