२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण


काठमाडौं –  काठमाडौं उपत्यकामा ५ सय ७२ सहित थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा१२ सय ४६ जनामा को रोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

बुधबार मात्रै काठमाडौंमा ४ सय ९५ , ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ संक्रमित थपिएका छन्।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ डिस्चार्ज भएका छन् । हालसम्म गरेर ३५ हजार ७ सय संक्रमित संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा संक्रमित उपचाररत छन् । भने भेन्टिलेटरमा संक्रमितको उपचार भैरहेको  छ ।

त्यस्तै, आज थप ५ जनाको मृत्यु भएको छ। जसमध्ये पुरुष ४ जना र महिला १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ।

कुन प्रदेशमा थपिए कति संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ